परराष्ट्रका नासु बेगनास तालमा मृत फेला


२५ बैशाख २०८०, सोमबार
Beganash tal pokhara scaled
फाइल फोटो

पोखरा । परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी आज (सोमबार) पोखरामा बेगनास तालमा मृत फेला परेका छन् । बिहान ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थल पुगी शव ताल बाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको थियो । ३१ वर्षीय भण्डारी आइतबार मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बेगनासतालमा भण्डारी फेला परेको पुष्टि गरे । भण्डारी जहाजबाट पोखरा आइसकेपछि राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ । उनी आइतबार राति १० बजे अफिस जानुछ भनेर घरबाट निस्केको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७