विभेद अन्त्यका लागि जनचेतना जगाउन मेची–महाकाली साइकल यात्रा


२७ बैशाख २०८०, बुधबार
Cycle
फाइल फोटो

झापा । दलितमाथि हुँदै आएका सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकल यात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ ।

यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गरेका थिए । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उनीहरूले यात्रा पूरा गरेका हुन् ।

रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुन् । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुन् । ‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ नाराका साथ तीनै जनाले साइकलयात्रा गरेका हुन् । साइकलमा उनीहरूले राष्ट्रिय झण्डा फहराएका थिए भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायत विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेका थिए ।

साइकल यात्री बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आए पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता तथा आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गरिन् । साइकल यात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७