मन्त्री छान्न जसपाको बैठक बस्दै


२७ बैशाख २०८०, बुधबार
upendra Yadav
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशनलगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । जसपाले अझै एक जना मन्त्री सरकारमा पठाउन बाँकी छ । सरकारमा जसपाले अझै एक मन्त्री र एक राज्यमन्त्री पाउने भन्ने कुरा रहेको जानकारी दिंँदै बस्नेतले आजको वैठकमा कसलाई पठाउने भनेर छलफल हुने बताए ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए ।

आजको बैठकमा जसपाको विधान अधिवेशनबारे पनि छलफल हुनेछ । जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकेको छ । तर त्यसको तयारी पूरा भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७