‘लम्पी स्कीन’ बाट पशुचौपाया प्रभावित


२८ बैशाख २०८०, बिहीबार
lampi
फाइल फोटो

हेटौंडा । मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३ गाई तथा गोरु मरेको छ । साथै तीन हजारभन्दा वढी गाई-गोरु तथा वाछावाछी सो रोगवाट विरामी एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासी गाई र गोरुमा देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन गाई, र कैलाश गाउँपालिकामा तीन गाई मरेका छन् ।

एक्कासी गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको नमुना जाँचका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा पठाइएको थियो । सो प्रयोगशालाले जाँच गर्दा जिल्लाका गाईगोरुमा लम्पी स्कीन रोगबाट प्रभावित भएको पुष्टि गरेको थियो ।

मकवानपुर गढीमा सबैभन्दा बढी प्रभावित भएपछि गाउँपालिकाले नमुना जाँचका लागि काठमाडाँै लगेको थियो । गाउँपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत सत्यनारायण शाहले लम्पी स्कीन रोगविरुद्धको औषधि नभएकाले उपलब्ध औषधि र प्राविधिक खटाएर गाईगोरुका उपचार सुरु भएको जानकारी दिए । हाल एक हप्तादेखि सो लम्पी स्कीन रोग नियन्त्रणका लागि जिल्लाका सम्बन्धित निकाय र प्राविधिकसँग छलफल गरेको जनाइएको छ । रोग प्रभावित गाउँपालिकामा निःशुल्क सो रोगविरुद्ध खोप लगाउन सुरु भएको पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७