गुरुद्वार अगाडि रक्सी खाएको भन्दै महिलाको गोली हानी हत्या


२ जेष्ठ २०८०, मंगलवार
mandir parisar dnve0oSpqI

काठमाडौँ । भारतको पटियालाको गुरुद्वार दुःख निवारन साहिबमा आइतबार एक महिलाको हत्या भएको छ । महिला परविन्दर कौर नामकी ती महिलालाई भक्तले गोली हानेका हुन् । मृतक महिला पटियाला निवासी भएको बताइएको छ ।
गुरुद्वार नजिकैको तालको सिँढीमा बसेर ती महिलाले रक्सी पिएकी थिइन्, त्यसपछि त्यहाँ उपस्थित एक भक्तले उनलाई गोली हानेका थिए । गोली लागेपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली चल्दा एक सेवाकर्मीलाई पनि गोली लागेको थियो, उनलाई पटियालाको राजेन्द्र अस्पतालमा भर्ना गरिएको छ । गुरुद्वार व्यवस्थापन समितिका अनुसार आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पटियालाका एसएसपी वरुण शर्माले भने, ‘घटनाको क्रममा आरोपीले चार–पाँच गोली चलाएको थियो । तीमध्ये तीन गोली महिलालाई लागेको थियो र एउटा गोली अस्पतालमा उपचाररत सेवाकर्मीलाई लागेको थियो ।’ आरोपितलाई पक्राउ गरिएको उनले बताए ।

एसएसपी शर्माका अनुसार सरोवरको सिँढीमा बसेर रक्सी खाइरहेकी महिलालाई गुरुद्वारका सेवाकर्मीले रोक्न खोजेका थिए । त्यसक्रममा महिला र सेवाकर्मीसँग सामान्य विवाद पनि भएको थियो । त्यसपछि उनलाई मन्दिर व्यवस्थापककहाँ लगेर गइएको थियो । त्यसै क्रममा भिडबाट एक भक्तले गोली चलाएको एसएसपी शर्माले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७