राष्ट्रियतामाथि विदेशी चलखेल बढ्यो : खनाल


३ जेष्ठ २०८०, बुधबार
Jhalanath Khanal1
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसी पास भएपछि अमेरिकाका नेताहरु नेपालमा धमाधम आउन थालेको बताएका छन् । आज (बुधबार) बिहान मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले अमेरिकी मन्त्री र नेता तिम्बती शरणानार्थी शिविरमा पुगेर भेट्ने गरेको बताए ।

उनले भने, ‘एमसीसी पास भयो, एसपीपी पास गर्न खोजियो । अहिले अमेरिकी मन्त्री, नेता सेक्युरिटिसहित आउँछन् । सुरुमै तिम्बति शरणार्थी शिविरमा पुग्छन् । गृहमन्त्री भेटेर परिचय पत्र बनाउन लगाउँछन् । विदेशी दबाब बढेको बढ्यै छ ।’
राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल बढेको उल्लेख गर्दै उनले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने बताएका छन् । उनले नेपालमा वामपन्थी मिल्नै नचाहेको बताए । उनले वामपन्थी मिल्ने हो भने केन्द्र र सातै प्रदेशमा बहुमत हुने धारणा राखे ।

पूर्व प्रधानमन्त्री खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन् । ‘यो काण्ड राष्ट्रघाती हो, मानवबेचविखन हो, अपराध हो ।’उनले थपे, ‘देशका ठूलाठूला माछा बल्छीमा पर्दैछन् । तर जोगाउने प्रयास हुँदैछ भन्ने सुनिन्छ । चाँडै अनुसन्धान हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७