शहीद नेत्रलाल स्मृति


६ जेष्ठ २०८०, शनिबार
Sahid Netralal Dang

दाङको घोराही–१५ स्थित हहीद नेत्रलाल पौडेल ‘अभागी’ को शालिकमा माल्यार्पण गर्दै घोराही उपमहानरपालिकाका प्रमुख नरुलाल चौधारी । अभागीको ४०औंँ स्मृति दिवसको अवसरमा माल्यार्पण गरिएको हो । वि.स. २००१ साल पुस २७ गते दाङको तत्कालीन धर्ना गाविस–२ सिसैपुर गाउँमा जन्मिएका नेत्रलालले २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गरेका थिए ।

अभागीले शोषक सामन्तीहरुलाई मोसो दल्ने जस्ता जनकार्वाहीको अगुवाइ समेत गरेका थिए । आफ्नो जीवन पार्टी र समाज परिवर्तनका लागि लगाएका अभागी २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि देउखुरी जाँदै गर्दा तत्कालीन चैलाही गाविस सुकेखोलाको किनारमा मृत भेटिएका थिए । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७