बालकृष्ण खाँणलाई भेट्न टेकु पुगिन् मञ्जु खाँण


८ जेष्ठ २०८०, सोमबार
Manju khad

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । बालकृष्ण २७ बैशाखमा पक्राउ परेकोमा मञ्जु पहिलो पटक उनलाई भेट्न पुगेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् । खाँणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ । यसअघि आफूमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु नगएको बताइन्छ । तर, अनुसन्धान अन्तिम चरणमा पुगेको र आफूविरुद्ध तत्काल सोधपुछ नहुने पक्का भएपछि उनी भेट्न आएको हुन सक्ने प्रहरी स्रोतले बतायो ।

प्रहरीले सोमबार अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ । संलग्नता पुष्टि हुन नसकेका थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोग लैजाने प्रहरी तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७