त्रिशूली नदीमा मोटरसाइकल खस्दा युवतीको मृत्यु, दुई जना बेपत्ता


१६ जेष्ठ २०८०, मंगलवार
Trishuli resque tranning
फाइल फोटो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४, चुमखोलास्थित त्रिशूली नदीमा मोटरसाइकल खस्दा एक युवतीको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् ।

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आज बिहान साढे १० बजे अनियन्त्रित भई त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना लगत्तै उद्धारको लागि खटिएको प्रहरीले अन्दाजी ३५ वर्षीया युवतीको शव फेला पारेको हो । बेपत्ता दुई जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७