मधेस प्रदेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने


३० जेष्ठ २०८०, मंगलवार
saroj yadav madhesh

जनकपुरधाम । मधेस प्रदेश सरकारलाई नेकपा (एमाले) ले समर्थन गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारलाई एमालेले समर्थन गरेको हो ।

आज (मंगलबार) मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सर्मथन गरेका थिए ।

यही जेठ १ गते एमालेले सरकारबाट बाहिरिँदै सर्मथन फिर्ता लिएको थियो । सोही सर्मथन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् । एमालेको समर्थनपछि मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाउने सम्भावना छ । अहिले मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७