मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत : पक्षमा १०५, विपक्षमा शून्य


३० जेष्ठ २०८०, मंगलवार
saroj yadav madhesh

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका छन् । आज (मंगलबार) मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले विश्वासको मत दिए । नागरिक उन्मुक्तिकी सांसद उर्मिलादेवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।

जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए । उनले आफ्नो कार्यकालमा दोस्रो पटक विश्वासका मत लिएका छन् ।

उनको प्रस्तावमा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमरकान्त झा, जसपाबाट लालबाबु राउत, जनमत पार्टीका सांसद चन्दन सिंह, लोसपा दलका नेता अभिराम शर्मा, माओवादी केन्द्रबाट युवराज भट्टराई, एकीकृत समाजवादीका कनिश पट्टेल, नेपाल संघीय समाजवादीका विमला अन्सारी, राप्रपाकी सांसद कञ्चन बिच्छा, स्वतन्त्र सांसद अनुरुद्ध प्रसाद सिंह र प्रमोद जयसवालले रोस्टमबाटै सर्मथन रहेको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७