श्रीलङ्कामा ४ करोड ८० लाख अमेरिकी डलर बढीको अवैध चुरोट नष्ट


१ असार २०८०, शुक्रबार
Cigarette destroy 1

काठमाडौँ । श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै तस्करी प्रयासहरूलाई विफल पारेर निषेधित वस्तुहरू जफत गरेको जनाएको छ ।

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दै स्रोतले अवैध रुपमा पैठारी भएको चुरोटको मूल्य १५ अर्ब रुपैयाँ (४ करोड ८६ लाख अमेरिकी डलर) रहेको बताए । सियाम्बलापिटियाले श्रीलङ्काको भन्सारले नष्ट गरेको चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताएका छन् । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७