सन्दीपले लिए वेस्ट इन्डिजकाे तेस्रो विके


७ असार २०८०, बिहीबार
cricket

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेट लिएको छ । १५.३ ओभरकोमा नेपालका लागि सन्दिप लामिछानेले विकेट लिएकोे हो । हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजको सस्तैमा २ विकेट गएको हो ।
नेपाल र वेस्टइन्डिज दुबैले आजको खेलमा प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले अमेरिकालाई पहिलो खेलमा ३९ रनले हराएको थियो ।
अमेरिकाविरुद्ध खेलेको पछिल्लो खेलबाट नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । रोहितसहित नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।
साइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिजबाट ब्रेन्डन किंग, केयल मायर्स, जोहनसन चाल्र्स, निकोलस पुरन, रोस्टन चेज, रोभमन पोवेल, जेसन होल्डर, किमो पाउल, अल्जारी जोसेफ, अकिल होसेन खेलिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७