जसपा विधान अधिवेशन : आज समूहगत छलफल


११ असार २०८०, सोमबार
jasapa bidhan

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को जारी विधान अधिवेशनमा आज (सोमबार) बाट समूहगत छलफल हुँदैछ । अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आजबाट समूहगत छलफल हुन लागेको हो ।

छलफलका लागि १० वटा समूह विभाजन गरिएको छ । आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको विधानमा आजबाट समूहगत छलफल हुन लागेको प्रचार विभागले जनाएको छ ।

केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरूले समूहगत छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७