जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने


१४ असार २०८०, बिहीबार
Jasapa Koshi pradesh 1024x669 1

मोरङ । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ । पार्टीका कोशी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान प्रक्रियामा सहभागी हुन्नौं, उनले भने, ‘पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो ।’

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।

1688028384 notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७