स्कुल नजिकै खेलिरहेका बालक भिरमा लड्दा मृत्यु


१८ असार २०८०, सोमबार
death child OyjRIJ881M
सांकेतिक तस्वीर

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर महताको भिरबाट लडेर ज्यान गएको हो । उनी हिजो विद्यालयमा खेलिरहेको बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिए । उनको घटनास्थलमै ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७