राष्ट्रियसभाकाे बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गरिंदै


२७ असार २०८०, बुधबार
Samsad 2 scaled

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बुधबार) पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७