व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई ४० लाख बढी सहयोग


२७ असार २०८०, बुधबार
Byas Nagarpalika Tanahu

तनहुँ । तनहुँको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत ० लाख दश हजार रकम प्रदान गरेको हो ।

मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गत कात्तिकदेखि औषधि खर्चबापत मासिक रु पाँच हजार प्रदान गरिँदै आएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । चिकित्सकको सिफारिसमा वडा कार्यालयमार्फत चालु वर्षमा बिरामीले औषधि खर्चबापत रकम पाएको उनले बताए । उनका अनुसार क्यान्सरका बिरामी ६४, डायलाइसिस गरेका बिरामी ३४ जना, मिर्गौला प्रत्यारोपण गराएका छ जनाले औषधि खर्च बापत रकम लिएका छन् ।

त्यसैगरी मेरुदण्डको पक्षघातको एक जना बिरामीले औषधि खर्चबापत नौ महिनाको ४५ हजार पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिए ।

चिकित्सकले उपचार गराइरहेको सिफारिस गरिदिएपछि बिरामीले व्यास नगरपालिकामा उपचार खर्च माग गरी भुक्तानी लिने प्रावधान रहेको छ । मेरुदण्ड पक्षाघात भएका बिरामीको हकमा भने अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित पेश गरेको हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७