सरकारद्वारा ६ राजदूत सिफारिस, अब क्यानाडा बाँकी


३० असार २०८०, शनिबार
cabinate prachanda 2 14a Wjh7OhSbv3

काठमाडौँ । सरकारले राजदूतविहीन सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन् ।

यस्तै थाइल्याण्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ । अब क्यानाडाका लागि राजदूत सिफारिस हुन बाँकी रहेको स्रोतले जनायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७