भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित


१ श्रावण २०८०, सोमबार
Nepal vs India toss 1024x6691689595427 1

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको छ । भारत ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले १६८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतले २२ ओभरमा पूरा गर्‍यो ।

भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रन बनाए । कप्तान रोहित पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङ अनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुके । पहिलो विकेटका लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १३९ रनको शतकीय साझेदारी भएको थियो । साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । त्यस्तै ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।

त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल मात्रै ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । अन्य कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् । इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो दोस्रो हार हो । यसअघि पाकिस्तान ‘ए’ सँग नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७