सेजोङ इन्टरनेशनल इन्स्टिच्युट र दक्षिण कोरियाको नामसोल विश्व विद्यालयबीच सम्झौता


२ श्रावण २०८०, मंगलवार
1 5

काठमाडौं । काठमाडौंको चाबेल केएल टावरमा अवस्थित सेजङ इन्टरनेशनल इन्स्टिच्युटले आफ्नो संस्थाको उद्घाटन गरेको छ । उक्त अवसरमा सेजोङ इन्टरनेसनल इन्स्टिच्युट र दक्षिण कोरियाको नामसोल विश्वविद्यालयबीच सम्झौता भएको छ ।

2 5

यो सम्झौता पश्चात नेपाली विद्यार्थीहरू नामसोल विश्वविद्यालयमा अध्ययन गर्न जान सक्ने छन् । दक्षिण कोरियाको प्रसिद्ध विश्वविद्यालयका रूपमा परिचित नामसोल विश्वविद्यालयका प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर सिर्जना थापा, अध्यक्ष शान्ति कला राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

3 2

दक्षिण कोरियाबाट आएका प्रोफेसरद्वय प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर डा. सिर्जना थापा वङ्होङ युनिभर्सिटीका मेनेजर विन हो मान र वङहोङ युनिभर्सिटीबाट आएको बिद्यार्थी र सोजोङको बिद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

4 1

इन्स्टिच्युटका अध्यक्ष शान्तिकला राईको अध्यक्षता शुरू भएको कार्यक्रममा इन्स्टिच्युटका प्रबन्धक प्रविन कुलुङ राईले स्वागत मन्तव्य साथै संस्थाको आगामी योजनाबारेमा प्रष्ट पार्दै निरन्तर सहकार्य गरेर अघि बढ्ने बताए । इन्स्टिच्युटले कार्यक्रमलाई रोचक बनाउन कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको साथै प्रसिद्ध कोरीयन गीत आरिराङ गाएर शुरु गरेको थिए ।

5

प्रमुख अथिति प्रोफेसर डा.जु सेइजिनले इन्स्टिच्युट स्थापनाको शुभकामनाको साथै कोरियन भाषा र संस्कृतिप्रति नेपालीहरूको उत्सुकता र इच्छाले आफू भावविह्वल भइन् । कोरियन र नेपाली कला संस्कृतिबीच आदनप्रदान हुँदा अझै दुई देशबीचको अन्तरसम्बन्ध अझै प्रगाढ हुने बताए ।

त्यस्तै प्रोफेसर सृजना थापाले नेपालीहरुको प्रमुख गन्तव्य अहिले दक्षिण कोरिया भएकाले कोरिया जानुअघि कोरियन भाषा , संस्कृति, चालचलन सिकेको खण्डमा कोरियाको बसाई सहज हुनेमा जोड दिइन् । त्यस्तै इन्स्टिच्युटको सफलताको शुभकामना दिइन् । इन्स्टिच्युटका अध्यक्ष शान्तिकला राईले दक्षिण कोरियाबाट नेपाल आएर हौसला प्रदान गरेकी प्रोफेसरद्वय डा. जु सेइजिन र सृजना थापालाई धन्यबाद दिइन् ।

6

त्यस्तै यस इन्स्टिच्युटले कोरियाको भाषा पढाउने मात्र नभई कोरियन जीवनशैली, आधारभूत शिक्षा एबम् सीपमुलक तालिम पनि प्रदान गर्ने बताइन् । कोरियाको नामसोल विश्वविद्यालय बाट मास्टर डिग्री पास गरेर अहिले कोरियन भाषा अध्यापन गराउँदै आएकी छिन् । केएल टावरस्थित सेजङ इन्टरनेशनल इन्स्टिच्युटमा अहिले सयौंको संख्यामा विद्यार्थीहरु अध्ययन गर्दै आएका छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७