अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल


३ श्रावण २०८०, बुधबार
F1J mA5akAE1EFX.jpg scaled e1689728050552

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आज (बुधबार) यूएईको टिम ‘ए’ सँग खेल्दै छ ।
जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो । यसअघि दुई खेल हारेको नेपाल समूह चरणबाट भने बाहिरिएको छ ।

बुधबारको खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा शुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।

यूएई पनि भारत ‘ए’ र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो । आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७