यूएईविरुद्ध नेपालको सान्तवना जित, कुशल भुर्तेलको ‘अलराउण्ड’ प्रदर्शन


३ श्रावण २०८०, बुधबार
F1ZDgPEacAAwWWL

काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराउँदै सान्तवना जित हात पारेको छ ।

यूएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जोराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका मोहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रन बनाउँदा अलआउट भयो । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १-१ विकेट लिए । प्रतियोगितामा नेपालको यो पहिलो र सान्तवना जित हो । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ र दोस्रो खेलमा भारत ‘ए’ सँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७