माओवादी केन्द्रको दोस्रो दिनको बैठक जारी, वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहितले धारणा राख्दै


१८ श्रावण २०८०, बिहीबार
Mao 2nd day 2 scaled

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्ने छन् ।

Mao 2nd day 1

बैठकमा हिजो १८ जनाले बोलेका थिए । बुधबार बोल्नेहरुले पार्टी शुद्धीकरण तथा सुदृढीकरण, युवा नेतृत्वको विकास वामपन्थी एकतासहितबारे बोलेका थिए । बुधबारको बैठकमा अध्यक्ष प्रचण्ड परिवारकेन्द्रित भएको, नेताहरुमा भ्रष्ट प्रवृत्ति देखिएकोसहितका विषय उठाएका थिए ।

Mao 2nd day 3

बिहीबारको बैठकमा १५० जना सदस्यले बोल्न नाम टिपाएका छन् । सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्ध गराइएको छ । बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७