‘सुडानमा एक करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता’


२० श्रावण २०८०, शनिबार
sudann1682616639

काठमाडौं । सुडानमा एक करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको संकटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ ।

सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन् । यो संख्या पछिल्लो संकट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त संख्या हो ।

‘पाँच वर्षमुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन् । एक वर्षमुनिका १७ लाख बालबालिका महत्वपूर्ण खोपहरूबाट वञ्चित छन् । अप्रिलको मध्यमा सुडानमा द्वन्द्व शुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ ।

सुडानमा दुई करोड भन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन संख्या गत वर्षको तुलनामा झण्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ । अप्रिल १५ मा सेना र र्‍यापिड सपोर्ट फोर्सबीच युद्ध शुरु भएको थियो । यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका आठ लाख ४४ हजारसहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७