सरकारको प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन पनि सकिन्छ : जनार्दन शर्मा


२२ श्रावण २०८०, सोमबार
janardan 1

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन पनि सकिने बताएका छन् ।

आज (सोमबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुन तस्करीको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताए । सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझे मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने शर्माले बताएका हुन् ।

‘सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ । त्यो छानबिनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय समिति बनाएर थप छानबिन गर्न पनि आवश्यक होला । तर, अहिले छानबिन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो । बरु यति दिनभित्र छानबिन सक्नुस् भन्न सकियो । छिटो सक्नुस् भन्न पनि सकियो । छानबिन सकिसकेपछि आवश्यक परे उच्चस्तरीय बनाए हुन्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७