तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा : प्रवक्ता सापकोटा

‘दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुन्छ’


२४ श्रावण २०८०, बुधबार
agni sapkota2023 06 02 05 24 12

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले १६ भदौदेखि सुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका छन् ।

आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् । उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान’ सुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात वटा प्रदेशका सातवटा वडा जिम्मा लिने र अन्य सबै नेताहरूले समेत वडा जिम्मा लिने भन्दै उनले सबै नेताहरूका लागि यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको बताए। प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिबद्ध रहेको बताएका छन् । अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडि बढ्ने स्पष्ट पारे । तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उनले उल्लेख गरे ।

प्रवक्ता सापकोटाले जनता महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पु¥याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने उनको भनाइ थियो ।
‘दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुन्छ’
माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने बताएका छन् । पार्टी प्रचार प्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री प्रतिवद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भएमा पार्टीकै नेतामाथि पनि छानबिन र कारवाही हुने स्पष्ट पारेका हुन् ।

निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरी ठिक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानविनको जिम्मेवारी सिआइबीलाई दिइएको उनले बताए । सापकोटाले सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण लगायतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने धारणा राखे ।

केन्द्रीय समिति बैठकमा सबै सदस्यहरुले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केही सुस्त भएप नि मोर्चा लक्ष्यका साथ अघि बढ्ने बताए । उनले लगातार सदन अवरुद्ध हुँदा स्तर खस्किँदै गए पनि यसलाई सहज रुपमा अघि बढाउनका लागि सत्तापक्ष प्रतिवद्ध रहेको धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७