सुन तस्करी प्रकरणमा सरकारको संलग्नता छ : एमाले


२६ श्रावण २०८०, शुक्रबार
Bhagwati neupane1691732635

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सदन अवरुद्ध गर्न सरकारले बाध्य बनाएको बताएकी छिन् ।

राष्ट्रियसभा बैठकमा उच्चस्तरीय समिति बनाउन पटक–पटक भन्दा पनि सरकारले वास्ता नगरेकाले बाध्य भएर सदनमा अवरोध गरेको बताइन् । ‘हामीलाई सदन अवरुद्ध गर्न बाध्य बनाइएको छ । यो रमाइलोका लागि र रहरका लागि गरिरहेका छैनौँ । नेपाललाई तस्करीको अखडाबाट मुक्त पार्नुपर्छ । अखडा बनाउनु हुँदैन भनेर पटक–पटक भन्यौँ,’ उनले भनिन् ।

मन्त्रीहरूको समेत संलग्नता रहेको आशंकाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरिएको उनले बताइन् । ‘सरकार आफै संलग्न भन्ने आशंका छ । तथ्यहरूले मन्त्रीहरू संलग्न छन् भन्ने पुष्टि भइसकेको छ । राज्यको मिलेमतो रहेको पुष्टि हुने आधार धेरै छ,’ उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७