१६ किलो गाँजासहित एक पक्राउ


२७ श्रावण २०८०, शनिबार
thumb 1

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित क्यान्टिन बजारबाट प्रहरीले शुक्रबार १६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

क्यान्टिन बजारका ५० वर्षीय पूर्णबहादुर तामाङलाई बिक्रीका लागि तयार पारिएको गाँजासहित घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए । गाँजा बिक्री गर्न लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दिउँसो तामाङको घर खानतलासी गरेको थियो ।

त्यस क्रममा उनको भान्सामा हरियो रंगको जेब्रा झोला र निलो रंगको ड्रममा लुकाइराखेको अवस्थामा ४ पोका (१६ किलो) गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

‘तामाङलाई पक्राउ गरी जिल्ला अदालत गौरवाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेका छौं,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘उनले गाँजा कहाँबाट ल्याउने गरेको र यसमा को–को व्यक्ति संलग्न छन् भन्ने खुल्न बाँकी छ ।’ प्रहरीका अनुसार विगत केही वर्षदेखि क्यान्टिन बजारमा लागूऔषध बेचबिखनका गतिविधि बढ्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७