सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ


३१ श्रावण २०८०, बुधबार
CIB16365294501688375376

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको अवस्थामा साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका ती चारै जना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छ ।

उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ । उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७