फुटबलर विमल घर्ती मगरले प्रेमिका लिनासँग गरे विवाह


३ भाद्र २०८०, आईतवार
aj

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले पाँच बर्ष लामो प्रेम सम्बन्धलाई सफल बनाउँदै विवाह गरेका छन् । विमलले प्रेमिका लिना प्रधानसँग आज काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन् । विमलले दुवै पक्षका परिवारको उपस्थितिमा विवाह गरेको जानकारी दिए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट शुक्रबार बाहिर निस्किएका उनले विवाहबारे साथीहरुलाई समेत जानकारी दिएका थिएनन् । विमल हाल सालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन् । एन्फा एकेडेमीका उत्पादन उनी केही समय चोटग्रस्त थिए ।

विमल माल्दिभ्समा फुटबल खेल्न जाँदा पहिलो पटक लिनासँग उनको भेट भएको थियो । लिना हाल युएईमा वैदेशिक रोजगारीमा छिन् । छुट्टीमा नेपाल आएकी लिना दुई–तीन दिनमै युएई फर्कने तयारीमा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७