मन्त्री सुदन किरातीलाई पितृ शोक, भने, ‘आजबाट पूर्णरुपमा टुहुरा भयौं’


६ भाद्र २०८०, बुधबार
sudan kirati1692753674
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । लामो समयदेखि पक्षाघातले थलिएका उनका बुबा हर्कबहादुर राईको आज उपचारका क्रममा निधन भएको हो ।

आमापछि बुबाले समेत छोडेर जाँदा आफूहरू टुहुरो बनेको मन्त्री किरातीले बताएका छन् । ‘भखरै बुबाले छाडेर जानुभयो ! आमाले त पहिला नै छाडी जानु भो ! उप्रान्त बुबा आमा रहनु भएन । आजबाट हामी पूर्ण रुपमा टुहुरा भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । सारा नेपाली मेरो आमा बुबा हुन् बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु । हार्दिक श्रध्दाञ्जलि बुवा !’ मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७