अफगानिस्तानविरुद्धको एक दिवसीय श्रृंखलामा पाकिस्तानको ‘क्लिन स्विप’


१० भाद्र २०८०, आईतवार
Pakistan 9WcVhwfSRP

काठमाडौं । पाकिस्तानले अफगाानिस्तानविरुद्धको तीन खेलको एक दिवसीय श्रृंखला (सिरिज) ‘क्लिन स्विप’ गरेको छ । आइतबार रातिको खेलमा अफगाानिस्तानलाई ५९ रनले पराजित गर्दै पाकिस्तानले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

जितसहित पाकिस्तान आईसीसी एक दिवसीय वरीयतामा अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान बाबर अजामले ६० रन बनाए ।

तेस्रो विकेटका लागि बाबर र रिजवानले ११० रनको शतकीय साझेदारी गरेका थिए । मोहम्मद नवाजले ३० रन बनाउँदा ओपनर फखार जमान २७ रनमा आउट भए । अघा सलमान ३८ रनमा अविजित रहे । अफगानिस्तानका फरिद अहमद र गुलबदिन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजल–हक फारुकीले १–१ विकेट लिए ।

जितको लागि २६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८ दशमलव ४ ओभरमा २०९ रनमा अलआउट भयो । अफगानिस्तानका लागि मुजिब उर रहमानले ६४ रन बनाए । रियाज हसनले ३४ रन बनाउँदा साहिदुल्लाह कमलले ३७ रनको योगदान दिए ।

९७ रनमा ७ विकेट गुमाएको अफगानिस्तानका लागि आठौं विकेटका लागिकमल र मुजिबले ६१ रनको साझेदारी गरे । पाकिस्तानका शादब खानले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान २–२ विकेट हात पारे । यस अघि पहिलो खेलमा पाकिस्तान १४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७