सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ मा, भोलि एशिया कप खेल्न पाकिस्तान जाने


१० भाद्र २०८०, आईतवार
Sandeep

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस आज (आइतबार) पनि हुन सकेन । काठमाडौँ जिल्ला अदालतमा फाइनल बहसको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । उनको पेसी ५ नम्बरमा रहेको थियो ।

आजका लागि तोकिएको सुनुवाइ स्थगित भएसँगै सन्दीप भोलि (सोमबार) पाकिस्तान जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । एसिया कप खेल्न उनी पाकिस्तान जान लागेका हुन् । सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेको थियो । यसअघि गत ३२ साउनमा उनको पछिल्लो पेशी रहेको थियो । राजुकुमार खतिवडाको इजलासले उनको मुद्दाको फाइनल बहस भने सुरु गरेको थिएन । न्यायाधीश खतिवडाले आमाको मिति प्रमाणीकरण गर्न आदेश गरेका थिए ।

न्यायाधीश खतिवडाको आदेशअनुसार उनको मिति प्रमाणीकरण भएर अदालतमा आइसकेको छ । साथै अन्य आवश्यक कागजातहरु समेत अदालत आइपुगेकाले आइतबारका लागि अन्तिम बहसको पेसी तोकिए पनि समय अभावका कारण मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यसअघि पनि पटक–पटक फाइनल बहस सुरु हुन नसक्दा सन्दीपको मुद्दाले किनारा पाउन सकेको छैन । सर्वोच्चले मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौँ जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइ गर्न नसक्दा धकेलिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७