‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट प्रदर्शनमा


१४ भाद्र २०८०, बिहीबार
ganapati aichopaicho 1693444374

काठमाडौं । एकै दिन दुई नेपाली चलचित्र हलमा लागेका छन् । चलचित्र ‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिजमा आएका हुन् । ‘ऐंचो पैंचो’ लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । ‘गणपति’ सविन अधिकारीले निर्देशन गरेको सिनेमा हो ।

‘गणपति’ निःसन्तान रहँदा दम्पतीले भोग्ने समस्यामा केन्द्रित रहेको चलचित्र हो । भगवान गणेश जस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विभिन्न परिस्थितिलाई सिनेमामा प्रस्तुत गरिएको छ ।

सविन अधिकारीको लेखन र निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाललगायत कलाकारको अभिनय छ । ‘ऐंचो पैंचो’ सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित चलचित्र हो । यसमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, कोशिस क्षेत्रीलगायत कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७