क्रिकेट संघ बागमतीको अध्यक्षमा प्यानलसहित पारस खड्का निर्वाचित


१५ भाद्र २०८०, शुक्रबार
parash khadka

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । भर्खर सकिएको मतगणना अनुसार उनको प्यानलै निर्वाचित भएको छ ।

३७ मत खसेको थियो । खड्काले २३ मत प्राप्त गर्दा उमेश पियाले १४ मात्र मत प्राप्त गरेका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित भए । रुपक रञ्जित १४ मत मात्र पाए । यस्तै सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्ष्मा सञ्जय बस्नेत २३ मतका साथ विजयी भए । महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् । सदस्यहरूमा अजयविर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्याल विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७