ओली भेट्न पतिसहित बालकोटमा मानुसी


२२ भाद्र २०८०, शुक्रबार
manusi in balkot

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुसी यमी भट्टराईले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छिन् ।

आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी ओलीलाई भेट्न बालकोट पुगेकी हुन् । फेसबुकमा भेटको तस्बीर सार्वजनिक गर्दै मानुसीले लेखेकी छन्, ‘पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात ।’ मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं–७ मा उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७