मोरोक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ को मृत्यु


२३ भाद्र २०८०, शनिबार
morakko N2zZFvMhl5

लन्डन । अफ्रिकी देश मोरोक्कोमा एकाविहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् । भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७