नेम्वाङको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी केन्द्रीय कार्यालय लगियो (तस्वीरहरु)


२६ भाद्र २०८०, मंगलवार
Nembang sub 1

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको छ । नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

Nembang sub 2

एमाले संसदीय दल उपनेतासमेत रहेका प्रतिनिधि सभा सांसद नेम्वाङको गए राति निधन भएको थियो । हृदयघातका कारण उनको निधन भएको हो । नेम्वाङका छोराहरू विदेशमा रहेकोले अन्त्येष्टि कहिले गर्ने निश्चित भइसकेको छैन ।

Nembang sub 3

उनीहरू आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि हुनेछ । संविधान सभाका तत्कालीन अध्यक्ष रहेका नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सरकारले बिदा दिने मंगलबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७