डेङ्गु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान


२९ भाद्र २०८०, शुक्रबार
dengue mosquito1636608898

संखुवासभा । संखुवासभामा डेङ्गु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।

रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए । यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ ।

हिमाली जिल्लामा पनि डेङ्गु संक्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो । संखुवासभामा साउनयता डेङ्गु सङ्कमितको संख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेङ्गु संक्रमण फैलिएको छ । ‘भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु संक्रमित देखिएका छैनन्’, उनले भने । सबैभन्दा बढी संक्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७