इलाम पुगेर सुहाङ नेम्वाङले भने, ‘राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनु पर्छ भन्दिनँ’

‘बुबाको सपना पूरा गर्न लागिरहन्छु’


२ आश्विन २०८०, मंगलवार
suhang nembang 7MlKRkX6DK

इलाम । संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले आफू बुबाको सपना पूरा गर्न लागिरहने बताएका छन् । राजनीतिमा अवसर पाउनुपर्छ भनेर आफूले नठानेको बताएका सुहाङले बुबाको सपना पूरा गर्न भने लागिरहने बताएका हुन् ।

मंगलबार एमाले इलामले आयोजना गरेको श्रद्धाञ्जली सभामा सुहाङले आफ्ना बुबा सधैँ लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धाको हिमायती भएको स्मरण गरे । स्व. नेम्वाङले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुत होस् भन्ने चाहेको सुहाङले बताए ।

आफ्ना बुबाको मृत्युपछि आर्यघाटसम्मको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राजकीय सम्मानका लागि सरकारलाई उनले धन्यवाद समेत दिए । राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनु पर्छ भनेर आफूले नसोच्ने सुहाङको भनाइ छ । तर, बुबाको सपना पूरा गर्न भने लागिरहने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७