एसियन गेम्स : पुरुष भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा


३ आश्विन २०८०, बुधबार
Nepali mans volleyball team

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको हाङझाउमा जारी १९ औं एशियन गेम्स अन्तर्गत बुधबार एसियाली पावर हाउस इरानसँग खेल्दैछ ।

चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । इरान विश्व वरियताको दशौं तथा एसियाली वरियताको दोस्रो स्थानमा छ । समूह चरणको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोली आजको खेलमा पनि पराजित भए समूह चरणबाटै बाहिरनेछ ।

मंगलबार भएको समू ‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तिन सेट लगातार गुमाउँदा हार भोग्न बाध्य भयो । नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार व्यहोरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७