सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको


३ आश्विन २०८०, बुधबार
dubera
सांकेतिक तस्वीर

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ । कोशी गाउँपालिका ५ निवासी बिन्देश्वर यादवका आठ वर्षीय छोरा आशिषको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजबिराज नगरपालिका–९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेका हुन् । पोखरीबाट निकालेर बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७