चलचित्र अभिनेत्री मनिषाको मोटरसाइकल दुर्घटनामा मृत्यु


८ जेष्ठ २०७५, मंगलवार

काठमाडौं, ८ जेठ । चर्चित अभिनेत्री मनिषा रायको सडक दुर्घटना निधन भएको छ । भोजपुरी चलचित्रबाट चम्किएकी उनको भारतको उत्तर प्रदेशको बलिया शहरमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।manish ray

फिल्म छायाँकनका लागि मोटरसाइकलमा मनियार जाँदै गर्दा मनिषा चढेको मोटरसाइकललाई कारले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । शुक्रबार राति भएको सो दुर्घटनामा मनिषा सवार मोटरसाइकल चालक संजीव मिश्र भने गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७