हङकङसँग हार्‍यो यूएई : तर, नेपालसँग फाइनल खेल्ने


८ कार्तिक २०८०, बुधबार
UAE Cricket

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी २० सिरिज–२०२३ को फाइनलमा नेपालको प्रतिद्वन्द्वी निश्चित भएको छ । आज (बुधबार) हङकङसँग हारेर पनि यूएईले नेपालसँग फाइनल खेल्ने भएको हो । फाइनल खेल (शुक्रबार) कीर्तिपुरको टीयू मैदानमा हुनेछ ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा हङकङ चाइनाले यूएईलाई ६९ रनले हराए पनि यो जित पर्याप्त रहेन । यूएईलाई फाइनल प्रवेशका लागि १३५ रन बनाउन आवश्यक थियो र त्यसलाई आत्मसात गर्न सफल रह्यो । दुवै टिम एक–एक जितसहित समान दुई अंकमा रहे । त्यस अर्थमा यूएई भाग्यशाली रह्यो, हङकङ नेट रनरेटको आधारमा पछाडि प¥यो । यसअघि दुवै टिमबीचको अर्को खेलमा यूएई नै विजयी रहेको थियो ।

यसपल्ट मूलपानी क्रिकेट मैदानमा बुधबार भएको समीकरणको आधारमा अघोषित सेमिफाइनलमा पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा तीन विकेट गुमाएर २ सय १२ रन बनायो । ओपनर मार्टिन कोएट्जको यो स्कोरमा सबैभन्दा बढी योगदान रह्यो, ८६ रनको ।

क्रिजमा पूर्णतः छाएका कोएट्जले हङकङका लागि ५५ बलको मात्र सामना गरे र १० चौका तथा चार छक्का प्रहार गरे । एन्सी राथले ३५ बलमा उपयोगी ४१ रन बनाएयता नटआउट रहेका ब्याटर बाबर हयातले २० बलमा आक्रामक ६० रन बनाए । उनको ब्याटबाट पाँच चौका तथा पाँच छक्का निस्केको थियो ।

जवाफमा यूएईले २० ओभर उपयोग गरेर पाँच विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो । ओपनर खालिद साहको ३५ रन नै टिमको स्कोरमा सबैभन्दा ठूलो व्यक्तिगत योगदान रह्यो । अन्त्यतिर एलिसान सराफुले ३०, बासिल अहमदले ३० तथा निलेश केस्वानीले ३१ रन बनाए । नेपाल यसअघि नै लिग चरणका सबै चारै खेल जितेर फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७