युएईविरुद्ध अर्धशतक बनाएर कुशल ‘आउट’


१० कार्तिक २०८०, शुक्रबार
Kushal bhurtel

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएर आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालबाट आक्रामक रुपमा प्रस्तुत भएका कुशलले २७ बलमा ५० रन पूरा गरे । उनले आफ्नो अर्धशतकमा ६ चौका र ३ छक्का प्रहार गरे । आइ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो छैटौं अर्धशतक हो । भुर्तेल अर्धशतक लगत्तै आउट भएका हुन् । जारी खेलको ७।३ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ६८ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७