टी–२० विश्वकप छनौंटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि फर्किए टिममा


११ कार्तिक २०८०, शनिबार
cricket team

काठमाडौं । घरेलु मैदानमा हुने टी–२० विश्वकप छनौटका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा स्पिनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । यसअघि त्रिकोणात्मक टी–२० सिरिजमा लामिछानेले खेलेका थिएनन् । उनले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी २० सिरिजबाट आफ्नो नाम हटाउन लगाएका थिए ।

आइसिसी टी २० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ गतेदेखि २० गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । १५ सदस्यीय टीममा अन्य खेलाडी परिवर्तन गरेको छैन । टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी समावेश छन् ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७