भारतसँग इङल्याण्डको लज्जास्पद पराजय


१३ कार्तिक २०८०, सोमबार
England Edited lreal6Cl3K

काठमाडौंं । इङल्याण्डलाई एक सय रनले पराजित गर्दै आयोजक भारत आईसीसी विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ । यससँगै जारी विश्वकपमा भारतले लगातार ६ खेल जितेको छ ।

लखनाउमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले इङल्याण्ड सामु निर्धारित ५० ओभरमा २२९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको इङल्याड ३४ दशमलव ५ ओभरमा १२९ रनमा अलआउट भयो ।
भारतका लागि कप्तान रोहित शर्माले १०१ बलमा ८७ रन जोडे। केएल राहुलले ३९ र सूर्यकुमार यादवले ४९, जसप्रित ब्रुमाहले १६ रन बनाएर । बलिङतर्फ इङल्याण्डका डेभिड विल्लेले सर्वाधिक तीन विकेट लिए । क्रिस वोक्स र अदिल राशिदले समान २–२ विकेट लिए। मार्क उडको नाममा एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको इङल्याण्डका दुवै ओपनर चल्न सकेनन् । जोनी ब्रेस्टोले १४ र दविड मलानले १६ रन जोडे। लाइम लिभिङस्टोनले सर्वाधिक २७ रन जोडे । अन्य खेलाडी घरेलु बलर सामु चल्न सकेनन् । पाहुुना टोलीलाई सस्तैमा समेट्न मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । जस्प्रित ब्रुमाहले तीन, कुलदीप यादवले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७