युएईविरुद्धको खेलमा सन्दीपले दिलाए नेपाललाई तेस्रो विकेट


१७ कार्तिक २०८०, शुक्रबार
sandep wiket

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ । दसौँ ओभरको अन्तिम बलमा नेपालका लागि यूएईको तेस्रो विकेट सन्दीप लामिछानेले लिए ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले दुई विकेट लिएको हो । सोमपाल कामीको बलमा मोहम्मद वसिम आउट भएका छन् । त्यसैगरी, सोमपालकै बलमा खालिद शाह पनि आउट भएका छन् । कामीले खतरनाक अन्दाजमा खेलिरहेका मोहम्मद वासिमको विकेट झारेका हुन् । खालिद साह रनआउट भए । हालसम्म चार ओभरको खेल सकिँदा यूएईले २ विकेट गुमाएर ३० रन बनाएको छ । मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहे पनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणका तीनवटै खेल गुमाएका थिए । आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने भएका हुन् । नेपाल र यूएईबीच आठवटा टी–२० खेल भएकोमा नेपाल चार खेलमा विजयी भएको छ भने चार खेलमा पराजित भएको छ । हालसम्म युएईले ५ ओभर खर्च गर्दै ३३ रन जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७