यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा

बहराइनलाई हराउँदै ओमान पुग्यो विश्वकप


१७ कार्तिक २०८०, शुक्रबार
Nepali cricket

काठमाडौं । आउँदो वर्ष वेस्ट इण्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ । एशियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी–२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एक मात्र विश्वकप हो । आगामी टी–२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।
बहराइनलाई हराउँदै ओमान पुग्यो विश्वकप

यस्तै ओमानले आगामी वर्ष हुने टी–२० विश्वकपमा आफ्नो स्थान बनाएको छ । काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमानले अमेरिका र वेस्ट इण्डिजको टिकट काटेको हो ।

बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विना विकेट क्षति १४.१ ओभरमा नै लक्ष्य भेट्यो । यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ । अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७